पुस २४, काठमाडौं । आज र भोलि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । आजबाट पश्चिम नेपालबाट प्रवेश गर्ने न्यून चापीय प्रणालीको प्रभावले पूर्ण बदली हुन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भोलिसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पहाडी र तराई भू–भागमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ ।

