पुस २१, काठमाडौं । पुस २२ गते बस्ने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसदको सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको हो । संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो ।