पुस २०, काठमाडौं । हिमालय बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष कोशिस लोब्सङ वाईवाद्वारा विद्यार्थीहरुलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री वितरण गरेका छन । 
बौद्ध धर्मगुरु वाईवाले रामेछाप स्थित खाडादेवी गाउँपालिका वडा – ८ मा रहेको नव बुद्ध आधारभुत विद्यालयका १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका हुन् । नेपाल बौद्ध निङ्मा पल्युल संघका उपाध्यक्ष समेत रहेका धर्म गुरु लोब्सङ वाइवाले विद्यार्थीहरुको पढ्न, लेख्न थप उर्जा प्राप्तिका लागि हौसला बढाउन सहयोग गरेको बताउनुभयो । 
ग्रामीण क्षेत्रहरुमा पुगेर सहयोग गर्दै आउनुभएका धर्मगुरु लोब्सङले बौद्ध शिक्षाको उत्थानका साथै समाजमा दु:ख पाएका ब्यक्तिहरुलाई विभिन्न समयमा यसरी नै सामाजिक कार्य गर्दै आइराख्नु भएको छ । उहाँले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ज्ञान शिल र अनुशासनको दायरासंगै सिर्जनात्मक र उचित व्यवस्थापन सहित शिक्षा प्रदान गराउन सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । लामाले करिव ६० जना विद्यार्थीका लागि उक्त सामाग्री वितरण गरेका थिए । 

