सर्लाहीमा भोलि बेलुकी सात बजेसम्म निषेधाज्ञा (सूचनासहित)

पुस १३, सर्लाही । जिल्लाको केही स्थानमा भोलि (बुधबार) बेलुकासम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीको भ्यानको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु भएपछि जिल्लामा तोडफोड र तनावको स्थिति सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

सूचना हेर्नुहोस्ः

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.