एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलको उपाधि नेपाललाई

पुस १३, काठमाडौं । साविक विजेता नेपालले एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलअन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

मंगलबार बंगलादेशको ढाका भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट २५–२४ ले जितेको नेपालले दोस्रो सेटमा २५–२४ ले नै पराजित भयो । तेस्रो सेट २५–१५ को सहज जित निकालेको नेपाल चौथो सेटमा भने उज्वेकिस्तानसँग २५–२२ पराजित बन्यो । दुई–दुईको बराबर बनेर रोमाञ्चक बनेको पाँचौं सेटमा १५–१० ले विजयी भएसँगै नेपालले उपाधि देशमा राखेको हो । प्रतियोगिताभर नेपाली टोली अपराजित रह्यो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.