मेडिकल कलेज र निजी अस्पतालहरुमा पनि खोप केन्द्र सञ्‍चालन गर्न पाउने

पुस १२, काठमाडौँ । सरकारले मेडिकल कलेज र निजी अस्पतालहरुलाई कोभिडविरुद्धको खोप केन्द्र सञ्‍चालन गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै खोप केन्द्र सञ्चालन गर्न इच्छुक मेडिकल कलेज र ५० बेड भन्दा माथीका निजी अस्पतालहरुलाई समन्वय गर्न आह्वान गरेको हो ।

विज्ञप्तिमा, ‘यसै सन्दर्भमा सबै मेडिकल कलेजहरू र ५० बेड क्षमताभन्दा बढी भएका निजी अस्पतालहरूले यदि खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा माथिका नेपाली नागरिकहरूलाई नेपाल सरकारको नियमानुसार कोभिड– १९ विरुद्दको खोपहरू उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउनलाई आह्वान गरिन्छ,’ उल्लेख गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.