कांग्रेसको १६ जिल्लाको अधिवेशन २७ पुसमा हुने

पुस १२, काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी रहेका जिल्लाको अधिवेशन मिति तय गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

कांग्रेसले १४औँ राष्ट्रिय महाधिवेशन २४ देखि २७ मंसिरमा गरेको थियो । तर, क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लामा अधिवेशन रोकिएको थियो । प्रदेश २ का ८ वटै जिल्लासहित १६ वटा जिल्लामा अधिवेशन हुन सकेको छैन ।

निर्वाचन समितिकाअनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.