माओवादी नेताको अमेरिकामा उपचार, सबै खर्च सरकारले व्यहोर्ने

पुस १२, काठमाडौं। माओवादी नेता कृष्ण केसी उपचार गर्न अमेरिकामा छन्। उनको अमेरिकास्थित जोन हप्किंन्स अस्पतालमा उपचार भइरहेको छ।

केसीको डिसेम्बर २१ देखि उक्त अस्पतालमा उपचार भइरहेको केसीले आफ्नो फेसबुकमार्फत जानकारी गराउँदै आएका छन्। केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको हो।

मन्त्रिपरिषद बैठकले केसीको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो। केसी आफ्ना दुई सनतान (एक छोरा र एक छोरी) सहित अमेरिकामा पुगेका हुन्। स्रोतका अनुसार सरकारी सिफारिसमा केसी र उनको परिवारले अमेरिकाको भिसा पाएको हो।

माओवादी द्वन्द्वकालमा उनी नेपाली सेनाको भैरवनाथ गणमा बन्दी बनाइएका थिए। त्यहाँ रहँदा पाएको यातनाले उनी अस्वस्थ भएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.