कैलालीमा दुई सय मिटरको दुरीमा दुई जनाको शव भेटियो

पुस १२, काठमाडौं । कैलालीमा दुई सय मिटरको दुरीमा दुई जनाको शव भेटिएको छ । कैलालीको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा एक किशोर र एक किशोरीको शव फेला परेको हो ।

स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी हिजो साँझ मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेका हुन् । मृत्युको कारणबारे छानविन सुरु गरिएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.