माओवादी सम्मेलनको उद्घाटन सत्र सर्‍यो, दलका शीर्ष नेतालाई आमन्त्रण

पुस ११, काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ। १ बजे उद्घाटन हुने भनिएको सम्मेलन ३ बजेलाई सरेको हो।

स्थायी कमिटीबाट सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ। महाधिवेशनमा रुपान्तरण गरेसँगै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ। सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रुपान्तरण गरेर दलहरुलाई निम्तो पठाएको हो।

प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ। महाधिवेशनमा रुपान्तरणपछि आवश्यक तयारी गर्न उद्घाटन सत्र दुई घण्टा पछाडि सरेको बताइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.