पीटीआई नेताको गोली हानी हत्या

पाकिस्तान । पाकिस्तान तेहरेक–ए–इन्साफ ९पीटीआई०का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची सहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसको एक जत्थाले गोली हानी हत्या गरेको ‘द न्युज इन्टरनेसनल’ले लेखेको छ ।

घटना दिउँसोको समयमा भएको बताइएको छ । उक्त घटनामा पीटीआई नेताको मृत्यु भएको र थप एकजना सख्त घाइते भएका बताइएको छ ।रिपोर्टअनुसार क्यदाबाद क्षेत्रको मुर्गीखाना बिसौनीनजिकै एक विवादित जमिनका विषयलाई लिएर उनको हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनामा संलग्न व्यक्तिहरू आक्रमणपछि भागेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाइएको छ ।आक्रमणमा घाइते भएका पीडितहरूलाई नजिकैको अस्पतालमा लगी उपचार भइरहेको छ ।

पीटीआई नेता गैरकानुनी रूपमा ओगटिएको जग्गाका विषयमा स्थानीय अदालतमा सुनुवाइपछि घर फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको हो । पीटीआई नेतृत्वले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । घटनाबारे थप जानकारी विस्तृत अनुसन्धानपछि मात्र दिन सकिने प्रहरीले जनाएको छ । रासस÷एएनआई

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.