साहरा रिसोर्ट सञ्चालक कार्कीले प्रदान गरे १८ जना विधार्थीलाई छात्रवृत्ति

पुस ९, काठमाडौँ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा न ४ दामन नयाँगाउँमा सञ्चालनमा रहेको साहारा रिसोर्टले व्यवसाय सुरुवातको भएको एक वर्ष अवसरमा सञ्चालक हरिराम कार्कीले १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

थाहा नगरपालिकाको मत्स्य नारायण माविका ५ जना, सरस्वती आधारभूत विद्यालयका ५ जना र घाटदेवी आधारभूत विद्यालयका ८ जना गरी १८ जना विद्यार्थीलाई एक वर्षका लागि पुग्नेगरी छात्रवृत्ति स्टेशनरी सामग्री उपलब्ध गराइएको रिसोर्टका सञ्चालक हरिराम कार्कीले बताए । विधार्थिलाई आवश्यकता अनुसार आउदो शैक्षिक सत्रदेखि विद्यालय भर्ना, कितावकापी, अन्य सामग्री लगायत कक्षा १० सम्म सहयोग गर्ने र थाहा नगरमा अरु गरिब बालबालिका छन भने आफुलाई खबर गरिदिन पनि आग्रह गरेको कार्कीले बताए। तारकेश्वर अनलाइन सँग कार्कीले भने आउदो माघ ७ गते मत्यस्यनारायण मा वि मा साहारा हाजिरी जवाफ कार्यक्रम गर्ने र पहिलो पुरस्कार रु. ५ हजार ५ सय ५५ र दोस्रो रु. ४ हजार ४ सय ४४ रहेको जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.