आज पनि संसदमा एमाले सांसदको नाराबाजी निरन्तरता

पुस ७, काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन्।

संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ। पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन्।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन्।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.