जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुन्छ : डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले क्रिसमसको मुखैमा चेतावनी जारी गर्दै पर्व सम्बन्धि बिदा र यात्राको कार्यक्रम रद्द गर्न आह्वान गरेको छ।

कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वव्यापी बनिरहेको बेला डब्ल्युएचओका प्रमुख टेड्रोस ग्याब्रियसले अपील जारी गर्दै क्रिसमस पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले संक्रमण झन तीव्र हुने भन्दै जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने बताएका हुन्।

जिन्दगी रहे पर्व अर्को पटक पनि मनाउन पाइने भन्दै उनले व्यक्ति, समाज र देश सवैले सहयोग गरे मात्रै यो महामारीबाट बच्न सकिने पनि उल्लेख गरेका छन् ।

जर्मनी, फ्रान्सलगायत युरोपेली मुलुकहरुले क्रिसमस लक्षित कडाई गरिरहेको बेला डब्लुएचओ प्रमुखको अपील आएको हो । उता, अमेरिकी राष्ट्रपति कार्यालयले भने संक्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीको चेतावनीका बावजुद लकडाउनमा नजाने बताएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.