चिट चोर्न रोक्न खोज्दा प्राध्यापकमाथि प्रहार, टाउकोमा गम्भीर चोट

पुस ६, काठमाडौ । चिट चोर्न नपाएपछि रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् ।

क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले गार्ड बसिरहेका शिक्षक प्रकाश पुडासैनीलाई कुटेका हुन् । कुटपिटपछि शिक्षक पुडासैनी घाइते भएका छन् ।

पौडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ । घाइते शिक्षकको टाउकोमा सात वटा टाँका समेत लगाइएको बताइएको छ। जेठाराले चिट चोरी रहेको देखेपछि शिक्षकले चिट खोसेका थिए । चिट चोर्न नदिएको भन्दै उनले शिक्षक पुडासैनीलाई कुटेका थिए । घटनापछि मंगलबारको परीक्षा स्थगित भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.