काठमाडौं विश्वविद्यालयमा २०२१– ०२२ हल्ट प्राइज

सुशन चापागाई ।

मंसिर २९, काठमाडौँ । काठमाडौं विश्वविधालय स्कुल अफ म्यानेजमेन्टले काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन, सेन्ट जेभियर्स, काठमाडौं विश्वविधालयकै आंगीक क्याम्पस नेसनल कलेज र नेपाल कलेज अफ म्यनेज्मेन्टसंग सहकार्य गरेर हल्ट प्राइज गर्ने भएको छ ।

संयुक्त राष्ट्रसंघको दिगो विकासको उद्देश्यमा आधारित रहेर गरिने हल्ट प्राइजको यस बर्षको चुनौती भने सन् २०२४ सम्म २००० रोजगारीका अवसर सिर्जना गर्नुपर्ने छ । सहभागी विद्यार्थीले यसमै आधारित रहेर आफ्नो परियोजना अघि सार्ने छन् । विद्यार्थीको नयाँ सोचलाई मुर्त रुप दिने र उद्यमशीलतामा परिणत गर्ने यो सुनौलो अवसर हो ।

चरणवद्ध रुपमा सहभागी समूहलाइ आफ्नो उद्यमी योजना प्रस्तुत गर्न सिकाइनेछ । सफल उद्यमीहरु संग विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरिने छ, तालीम प्रदान गरिने छ । जसलाई हल्ट प्राइज क्याम्पस निर्देशकले संचालन गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट हुने समुह अर्को चरणमा प्रवेश गर्ने छ । यसरि विश्वभरिका क्याम्पसहरुबाट छनौट हुने समुहहरु बीचहुने प्रतिस्पर्धामा उत्कृष्ट हुने समूहले आफ्नो योजनालाई मुर्तरुप दिन अमेरिकी १ मिलियन डलर राशी पाउनेछ ।

कोरोनाले थला परेको अर्थतन्त्रलाइ उत्थान गर्ने विद्यार्थीका अब्बल उद्यमी योजनाहरु मुल्यांकन गर्न पाइने कुरामा आफु विश्वस्त रहेको हल्ट प्राइज २०२१– २०२२ काठमाडौं विश्वविधालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) की क्याम्पस निर्देशिका सदिक्षा पाण्डेयले जानकारी गराउनु भयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.