परम्परागत ठेक्काप्रथाबाट विकास संभव छैन– अर्थमन्त्री शर्मा

मंसिर २६, सुर्खेत । अर्र्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिके विकासको मोडालिटी अपनाउनुपर्नेमा जानुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकता औंल्याउनुभएको हो । ‘अहिलेको ठेक्का प्रथाबाट देशको विकास संभव छैन, समुदायमार्फत विकास गर्ने मोडालिटीमा जानुपर्छ’ उहाँले भन्नुभयो ‘सरकारले समुदायलाई पैंसा दिने, सरकारले अनुगमन र अडिट गर्ने मोडालिटीमा गयो भने तीव्र गतिमा विकास हुन्छ । यसबारे बहस सुरु गरेको छु ।’
निश्चित मोडालिटी र मापदण्ड बनाएर हरेक वडा र पालिकाका समुदायलाई पैंसा दिने र उनीहरुको सहभागितामा विकास गर्ने मोडालिटीबाट विकासको रफ्तारले तीव्रता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले कर्णाली प्रदेशबाट समाजवादको आधार तयार गर्नेगरी काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । कर्णाली प्रदेशका ८५ हजार पार्टी सदस्यहरु सवै उत्पादनको कार्यमा जोडिने र कोही पनि व्यक्ति अभावमा बाँच्नु नपर्ने गरी आत्मनिर्भरताको योजना बनाउन अगुवा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘पार्टीका कार्यकर्ता र सदस्यहरु खान लाउन नपाई रुँदै हिडेर समाजवाद आउदैन, हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर हुनुपर्छ । आत्मनिर्भर कार्यकर्ता भयो भने मात्र समाजवादी क्रान्तिमा योगदान गर्नसक्छ ।’ उहाँले भन्नुभयो ।

यस्तै पार्टीका हरेक कमिटीहरुले उत्पादन इकाई बनाएर आर्थिक उपार्जनको कार्यमा लाग्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । आफूले २०६३ सालमै उत्पादन अभियान चलाउन आव्हान गर्दा त्यतिखेर कतिपयले खिसिट्यूरी गर्ने गरेको स्मरण गर्दै मन्त्री शर्माले भन्नुभयो ‘आज आएर पार्टीले सोही लाईन लिएकोमा खुशी लागेको छ, अब यो लाईन राष्ट्रिय सम्मेलनबाट पारित हुन्छ ।’

माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं समेत रहनुभएका नेता शर्माले पार्टीले प्रचण्डपथको विचार त्याग्ने तथा शान्ति र विद्रोहको दोधारे नीति लिने गल्ती गरेको कारण समस्या देखिएको टिप्पणी गर्नुभयो । आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनबाट पार्टीले नयाँ विचार संश्लेषणसहित संगठनात्मक छलाङ्ग मार्ने विश्वास व्यक्त गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.