मन्टेश्वरी शिक्षण तालिम सम्पन्न

मंसिर २५, काठमाडौं । एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको आयोजनामा काठमाडौंको गोकर्णेश्वरमा एक दिने शिक्षक तालिम तथा कार्याशाला सम्पन्न भएको छ ।

मण्टेश्वरी भर्ना हुने विद्यार्थीहरुलाई थप शिक्षण सिकाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि तालिमको आयोजना भएको कार्यक्रमका संयोजक तथा शुभकामना मण्टेश्वरी स्कूलका अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो ।

नयाँ विधि र प्रविधिको बिकास सँगै शिक्षण सिकाईमा सुधार ल्याउन शिक्षण सिकाईलाई जोड दिदै आएको संस्था अपेनले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई तालिमको आयोजना गर्दै आएको छ ।

शिक्षण सिकाईमा तल्लो तह देखी नै नयाँ शैली अपनाईएको पाईन्छ । यसैक्रममा पछिल्लो समयमा बालबालीकाको शिक्षामा मन्टेश्वरी बिधिलाई प्रयोगमा ल्याइएको छ । बालबलिका, अभिभावक र स्कूल व्यवस्थापकहरुवीच प्रभावकारी रुपमा सम्बन्ध स्थापित गराउँदै बालमनोविज्ञानअनुसारको शिक्षण सिकाई गराउँदै आएको एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालले संस्थागत रुपमा मन्टेश्वरी स्कूलहरुको हकहित र नीति निर्माण तहमा समेत पैरवी गर्दै आएको छ ।

शनिवार गोकर्णको राष्ट्रिय शहिद पार्कको हलमा सम्झना बस्नेत र कुमुद भट्टले प्रशिक्षण गराउनुभएको सो तालिममा  गोकर्णेश्वर नगरभित्रका विभिन्न मण्टेश्वरी स्कूलका प्रिन्सिपल तथा शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.