यू–१९ महिला टोली आज बंगलादेश जाँदै

मंसिर २१, काठमाडौं । बंगलादेशमा हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली महिला टोली आज बंगलादेश प्रस्थान गर्दैछ ।

मंगलबारबाट सुरु हुने च्याम्पियनसिपको लागि नेपाली टोली आज दिउँसो बंगलादेशतर्फ प्रस्थान गर्ने छन् । डिसेम्बर ११ देखि २२ तारिखसम्म हुने च्याम्पियनसिपको लागि नेपाली टोलि दिउँसो पौने २ बजे बजेपछि बंगलादेशको ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

एन्फाले सोमबार नै ढाका जाने महिला यू–१९ टोलीलाई बिदाइ गरेको थियो । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् । नेपालले यस संस्करणको उपाधि जित्ने लक्ष्य लिएको छ । अघिल्लो पटक नेपाल उपविजेता बनेको थियो ।

प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ । फाइनल खेल डिसेम्बर २२ तारिख हुने छ ।

नेपाली टिमः

अन्जना राना मगर,

सावित्री किशन,

अंकिता राई,

सलोनी राना मगर,

सबिना चौधरी,

मन्जु कुमारी खड्का,

हिमा रावत,

प्रतिक्षा चौधरी,

सुष्मा तामाङ,

रोजिना श्रेष्ठ,

रजनी थोकर,

विमला बिक,

रश्मी कुमारी घिसिङ,

सदिपा भोलान,

चन्द्रा भण्डारी,

खुश्मा राई,

दिपा शाही,

कुसुम खतिवडा,

सबिता राना मगर,

सरस्वती हमाल,

प्रिती राई,

अमिशा कार्की,

मेनुका कुमारी आले मगर

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.