प्याब्सन काठमाडौँ अन्तर्गत ११ स्थानीय तहमा कमिटि विस्तार (फोटो फिचर)

मिनु तामाङ ।
मंसिर १९, काठमाडौँ । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपाल (प्याब्सन) काठमाडौँ जिल्ला अन्र्तगत महानगर सहित १० नगरपालिकामा कमिटि विस्तार गरेको छ । विद्यालय क्षेत्रको शैक्षिक सुधार, अनुशासन तथा नीति निर्माणमा महत्वपूर्ण भूमिका निभाउँदै आएको संस्था प्याब्सनले नीजि लगानीमा सञ्चालित शैक्षिक संस्थाहरुको हक, अधिकार र सुरक्षाको आवाज उठाउँदै संघिय संरचनापछि पहिलो पटक स्थानीय तहमा कमिटि विस्तार गरेको छ ।

प्याब्सनले  हक अधिकारलाई सुनिश्चित गराउँदै स्थानीय सरकारले बनाएको शैक्षिक नीतिमा समेत आफ्नो सहभागीता जनाउनका लागि नगर कमिटिको विस्तारले तिब्रता पाएको प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताएका छन् । नीजि विद्यालयहरुलाई संस्थागत रुपमा विकास गर्दै व्यवहारिक शिक्षानीतिको मूलमन्त्रलाई अघि सार्दै शिक्षा क्षेत्रमा देखिएको अस्वस्था प्रतिस्पर्धा र व्यवस्थापनको सरलीकरणमा जोड दिदै आएको बताए ।

त्यस्तै प्याब्सनका केन्द्रिय उपाध्यक्ष एवम् परीक्षा प्रमुख गोपाल आचार्यले गुणस्तरमा सुधार गरि निजी विद्यालय सामुदायिक भन्दा अलक ढंगले अगाडी बढनुपर्ने बताए । उनले विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गरि व्यवस्थित तरिकाले संचालन गरिनुपर्ने उल्लेख गर्दै शिप र व्यवहारिक ज्ञान सहितको शिक्षा दिनुपर्ने धारणा राखे ।  शनिबार एक कार्यक्रम गरी नव निर्वाचित महानगर÷ नगर कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा सपथ गराइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.