पछिल्लो २४ घण्टामा २०५ जना संक्रमित थपिए

मंसिर १९, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षण गर्दा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३६ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर ६ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म देशभर ११ हजार ५४१ जनाको मृत्यु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.