चितवन । नेकपा (एमाले)को अध्यक्ष पदका लागि भीम रावलले उमेदवारी दर्ता गरेका छन् । उनी निवर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने छन् ।
उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह अस्वीकार गरेका रावलले अध्यक्षमा उमेदवारी दिएका हुन् । उनको उमेदवारीसँगै अध्यक्षमा सर्वसम्मत हुने ओलीको चाहना पूरा हुन सकेन । यसअघि ओलीले रावललाई सम्झाउन नसकिएको बताएका थिए ।

