एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्वोधन गर्ने

मङ्सिर ९, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई सम्बोधन गर्नुहुने भएको छ ।
एमाले महाधिवेशनलाई संबोधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार बिहान चितवन जानुहुने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नारायणगढस्थित नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नुहुनेछ । महाधिवेशनलाई संवोधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाण फर्कनुहुनेछ ।
एमाले महाधिवेशनमा संवोधन गर्न विभिन्न राजनीतिक दलका नेताहरु पनि चितवन पुग्दैछन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर लगायतका नेता पनि उद्घाटन सत्रमा सहभागी हुनेछन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पनि एमाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने राप्रपा नेता मोहन श्रेष्ठले इमेज खबरलाई जानकारी दिनुभयो । निमन्त्रणा पठाएपनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भने जाने र नजाने भन्नेमा ढुंगो लागिसकेको छैन ।
एमालेबाट फुटेर गएको गएको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई भने एमालेले निमन्त्रणा छैन ।
एमालेको दशौं महाधिवेशन भोलिबाट चितवनमा शुरु हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र भने सौराहमा हुनेछ । महाधिवेशनमा ५ लाख कार्यकर्ता उतार्ने एमालेको दाबी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.