मङ्सिर ८, जनकपुरधाम। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सात प्रदेशमध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए । प्रदेश २ मा पनि एमाले भन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए ।

