१४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गर्ने – भट्टराई

मंसिर ३, काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले विगतका महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पु¥याएको भन्दै गुटबन्दीबाट बचाउन दशौं महाधिवेशनमा पार्टी नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताउनुभयो । सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधि जो कोहीले पनि नेतृत्वको दावी गर्न पाउने नेता भट्टराईको भनाइ थियो ।

पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेता रहेको उल्लेख गर्दै उहाँले महाधिवेशनले सबैको सम्मानजनक व्यवस्थापन गर्ने बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.