आज मौसम सफा रहने

मंसिर १, काठमाडौं । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ। भने रातीमा देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ। आगामी २४ घण्टामा वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.