बुढानिलकण्ठबाट १५ जना जुवाडे पक्राउ

कात्तिक २७, काठमाडौं । प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट १६ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गएराति ५ लाख ११ हजार ५०० सहित उनीहरूलाई पक्राउ गरेको हो ।

सुमन खड्काले जग्गा भाडामा लिएर टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले जुवा खेलिरहेकाहरुलाई पक्राउ गरेको हो । खड्काले तरकारी खेतीका लागि टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका–११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी, विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी रहेका छन् ।

उनीहरूको साथबाट १६ थान कौडासमेत बरामद भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.