कात्तिक २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एकीकृत समाजबादीको हेटौंडा उपमहानगर कमिटीका सचिव गिरीजा अधिकारीको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेकपा –एकिकृत समाजवादी)का स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री खतिवडाले सोमबार एक शोक विज्ञप्ती जारी गर्दै समवेदना प्रकट गर्नुभएको हो । अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका अधिकारीको सोमबार करेन्ट लागेर हेटौंडामा निधन भएको थियो । २८ वर्षको अल्पायुमै विद्युतीय दुर्घटनामा परेर भएकोे निधनको खबरले आफु दुखित र भावविह्वल भएको मन्त्री खतिवडाले बताउनुभएको छ ।
उहाँको वक्तव्यमा भनिएको छ, ‘मकवानपुर जिल्लाबाट राम्रो संभावना बोकेर समाजवादी आन्दोलनमा होमिएका एक शसक्त युवाको निधनले पार्टी पंतिलाई अपुरणीय क्षति पुगेको मैले महशुस गरेको छु । ’उहाँले दुखको यस घडिमा स्वर्गिय अधिकारीको आत्माको चिरशान्तीको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली तथा परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको हो ।

