काठमाडौं जमलको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि लगाइयो भाइटीका

कात्तिक २०, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाडका रुपमा मनाइने तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाएर र आशिर्वाद दिएर मनाइरहेका छन् ।

यस अवसरमा वर्षदिनमा भाइटीकाका दिन मात्र खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाइएको छ ।

दिदीबहिनी नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने गरिएको हो । मन्दिरमा दिदीबहिनी नहुने र दाजुभाई नहुनेहरुले एकार्कालाई टीका लगाइदिने गर्दछन् ।

२०७२ सालको भूकम्पका कारण भत्किएको भन्दिर बनाउन केही वर्ष समय लाग्दा र विश्व्यापी कोरोना महामारीका कारण बन्द रहेको मन्दिर यस वर्षको भाइटीकाका दिन भने खुलाइएको छ । गत वर्ष कोभिड–१९ का कारण मन्दिर खोलिएको थिएन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.