कात्तिक १९, जाजरकोट । जाजरकोटको छेडागाडमा गए राती मिनिट्रक दुर्घटनाहुँदा दुई जनाको घटनास्थलमै मत्यु भएको छ ।
सुर्खेतबाट जुनिचाँदे गाउँपालिका तर्फ चामल लिएर जाँदै गरेको वा ५ ख २५०१ नंवरको मिनिट्रक छेडागाड नगरपालिका – ११ ध्यापटाकुरा भन्ने स्थानमा राति ११ वजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जुनीचाँदे २ का वर्ष २७ का दिलवहादुर शाही र १५ वर्षका पारस सींहको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सडकवाट करीव तीन सय मिटरको दुरीमा भएको दुर्घटनामा ८ जना घाइते भएका छन ।
प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले छेडा प्रहरी पोष्टमा तीन जनाको इन्ट्री गरिएको भए तापनि वाटोमा अन्य यात्रुहरु राखिएको आशका व्यक्त गर्नुभयो ।चाडवाडको समय र अन्य सवारी साधन को विकल्प नभएकाले यात्रुहरु मिनिट्रकमा चढेको हुन सक्ने डिएसपी थापाले बताउनुभयो । घटनाको जानकारी पाउने वित्तीकै प्रहरी घटनास्थल पुगी घाइतेहरुको उद्धार गरि सुर्खेत प्रदेश अस्पताल पठाएको डिएसपी थापाले बताउनु भयो । दुर्घटना कसरी भएको भन्ने वारे अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ ।

