भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

कात्तिक ११, काठमाडौं। सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको हो । ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाएर सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको हो । राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.