प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, मंगलबारबाटै गोलप्रथाको नमुना प्रयोग

कार्तिक ७, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलमा प्रधानन्यायाधीशले सो प्रतिबद्धता जनाएका हुन्।

प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय फुलकोर्टमा राख्ने जानकारी गराएको बारका महासचिव लीलामणि पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

बारसँगको सहमतिमै प्रधानन्यायाधीश सोमबार फुलकोर्ट बोलाउन तयार भएका छन्। ‘हामीसँगको छलफलपछि प्रधानन्यायाधीशज्यूले सोमबार दिउँसो साढे १ बनजे फुलकोर्ट बैठक बोलाउन राजी भएका छन्।

फुलकोर्टमा नेपाल बार पनि सहभागी हुन्छ,’ पौडेलले भने, ‘निष्पक्ष न्यायपालिकाको अवधारणाभन्दा बाहिर गएको छैन। जान्नँ पनि। आफूविरुद्ध उठेका सबै प्रश्न र शंका उपशंकाबारे सम्बोधन गर्छु भन्नु भएको छ।’

मंगलबारदेखि नमुना गोलाप्रथाको प्रयोग सुरु हुने भएको छ। यसअघि सर्वोच्चले मुद्दाको पेसी तोक्दा गोलाप्रथाबाट तोक्ने निर्णय गरेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.