कात्तिक ६, काठमाडौँ । जोरपाटीको दक्षिणढोकामा सवारी साधनको चाप व्यवस्थापन गर्न बैकल्पिक मार्ग सुचारु गरेको छ । दक्षिणढोका पुलमा सवारी जाम र दुर्घटना भईरहने भएकोले पुलमुनिबाट बाटो सुचारु भएको हो ।

माओवादी केन्द्र गोकर्णेश्वरको सक्रियतामा आज डोजर ल्याएर पुलमुनिबाट साना मोटर तथा दुईपाङ्ग्रे सवारी सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । ३ वर्षअघिदेखि बागमति कडिडोर विस्तारसंगै पुलमुनिको बाटो सुचारु गर्न रोकिएको थियो । माओवादी केन्द्र काठमाडौँ जिल्ला सचिवालय सदस्य टिआर नेपाल, गोकर्णेश्वर नगर कमिटिका अध्यक्ष मानबहादुर तामाङ लगायत वाईसिएलका नेता कार्यकर्ता र नेपाल प्रहरी, ट्राफिकको सहयोगमा बाटो खुलाएको हो । बाटो सुचारु भएपछि मकालबारी गेटमा हुने जाम र दुर्घटना न्यूनिकरण हुने ट्राफिक प्रहरीले बताए ।


