इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा लामाको निधन

कात्तिक ६, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार ९आज० निधन भएको छ।

ब्लड क्यान्सरबाट पीडित लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। कांग्रेस जिल्ला सभापति विकास लामाकी धर्मपत्नी समेत रहेकी मीराको बोन म्यारोमा देखिएको क्यान्सरका कारण निधन भएको हो ।

उनको पार्थिव शरीरलाइ जोरपाटीको माकलबारीस्थित गुम्बामा श्रद्धान्जलीका लागि राखिएको छ । आइतवार अन्त्यष्टी हुने भएको छ । ६१ वर्षीया मीराको निधनप्रति गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।

दिवंगत लामाका तीन छोरी छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाली कांग्रेस सिन्धुपाल्चोकलगायत विभिन्न संघसंस्थाले विज्ञप्ति प्रकाशित गरी लामाको निधनले नेपाली कांग्रेस पार्टीले कर्मठ नेतृत्व र इन्द्रावती गाउँपालिकाले असल जनप्रतिनिधि गुमाएकोमा शोक व्यक्त गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.