गाभीले दिने एक लाख डोज फाइजर खोप सोमबार आउने

कात्तिक ५, काठमाडौँ । गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप कार्तिक ८ गते (सोमबार) नेपाल आइपुग्ने भएको छ।

माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको हो। उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ। फाइजरको खोपको गाइडलाइन बनाउने कार्य समेत भइसकेको छ। उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ। नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.