देशभर बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, ४१ अझै बेपत्ता

कात्तिक ५, काठमाडौँ । मनसुन बिदा भइसकेको बेला भएको अविरल वर्षापछि बाढी पहिरोमा परेर मुलुकभर हालसम्म मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ।

गृह मन्त्रालयले बिहीबार बेलुकासम्मको तथ्यांक संकलन गरी जारी गरेको विवरणअनुसार ४१ जना घाइते भएका छन् भने यति नै संख्यामा बेपत्ता भएका छन्। बेमौसमी वर्षाका कारण देशका विभिन्न जिल्लामा खेतीबालीमा ठूलो क्षति पुगेको छ। दर्जनौं सडक र पुलहरु भत्किएका छन्। क्षतिको पूर्ण विवरण आइसकेको छैन।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.