कात्तिक १, काठमाडौँ । नेपाली मौलिक कथामा आधारित भाषा, लोक संस्कृति, गीत, नाँचहरुले नेपालभित्रका विभिन्न समुदायको पहिचान गर्दछ । त्यस्तै लोकगीतहरू समाजका इतिहास र अमूल्य सम्पत्ति हुन् ।
ती मध्ये सालैजो गीत विशेष गरेर मगर र गुरुङ समुदायमाझ प्रसिद्ध छ । यसलाई रोधी गीतकै एक भेद मानिन्छ । अहिले संगीत भकरी अफिसियल युट्युव च्यानलमार्फत प्रकाशन गरेको एक महिना नबित्दै सालैजो नजरको गोलले १० लाख दर्शक पाउन सफल भएको छ । करण राज कार्कीको संगीत रहेको ‘नजरको गोली’ बोलको सालैजो गीतमा गायक किरण गजमेर र गायिका मेचु धिमालको स्वरमा रहेको छ । गायक गजमेर द भ्वाईस अफ नेपाल सिजन ३ का विजेता समेत हुन भने धिमाल पनि सिजन २ का प्रतिस्पर्धी हुन् । लेखु सहयात्रीको शब्द रहेको यस गीतलाई देवेस राईले एरेन्ज गरेका हुन् ।

उक्त म्यूजिक भिडियोमा कलाकारहरु दिलिप रायमाझी, पल शाह, किरण गजमेर, मेचु धिमाल र गीता ढुंगानाले अभिनाय गरेका छन् । मौसम हिमालीले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा कलाकारहरु दिलिप रायमाझी, पल शाह, किरण गजमेर, मेचु धिमाल र गीता ढुंगानाले अभिनाय गरेका छन् । नवराज उप्रेतीको छायाकंन रहेको यस भिडियोलाई विष्णुहरी तिम्लिसिनाले सम्पादन गरेका हुन् । कन्सेप्ट डाईरेक्शन तथा कोरियोग्राफी भने गायिका मेचु धिमाको रहेको छ ।

