सिन्धुपाल्चोकमा केन्द्रविन्दू बनाएर आजै मात्र डेढ घन्टाको अन्तरमा चार भूकम्प

कात्तिक १, काठमाडौँ । सिन्धुपाल्चोक केन्द्र बनाएर आजै मात्र चार वटा भूकम्प गएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर ४.७ रेक्टरको भूकम्प गएको छ। यस्तै १ बजेर ५६ मिनेटमा ४.७ कै भूकम्प गएको छ।

यस्तै ३ बजेर २० मिनेटमा सिन्धुपाल्चोककै हगाम केन्द्र भएर ४.१ रेक्टरको भूकम्प गएको हो। ३ बजेर २३ मिनेटमा पनि ४ रेक्टर स्केलको भूकम्प गएको छ। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। यस अघि आइतबार गोरखा केन्द्र भएर भूकम्प गएको थियो। असोज १६ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.