क्लब स्तरीय भलिबलको उपाधि दोलखाको सिर्जनशील युवा क्लवलाई

असोज २९, काठमाडौं । रामेछापको मन्थली नगरपालिका वडा १४ स्थित भुमे जागारण युवा क्लबद्वारा आयोजीत क्लब स्तरीय भलिबल प्रतियोगीतामा दोलखाको सिर्जनशील युवा क्लब प्रथम भएको छ ।

त्यस्तै दोश्रोमा आयोजक क्वब भुमे जागारण युवा क्लव रहेको छ भने डुडुवा खेलकुद विकास समिती तेस्रो बन्न सफल भएको छ । त्यस्तै सान्त्वनामा पाख्रीन परिवार (चनखु) भएको छ। बिजेता खेलाडी क्लवहरुले क्रमशः ३०, २० र १० हजारका दरले मेडल, प्रमाणपत्र सहितको पुरस्कार प्राप्त गरेको छ । त्यस्तै सान्त्वना क्लवले ५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाएको छ ।     

प्रतेक वर्ष दसैमा आयोजना गर्ने सो मैत्रीपुर्ण भलिबल प्रतियोगिताको उद्घटन मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले गरेका थिए भने समापन वडा- १४ का अध्यक्ष भरत सिङ वाइवाले गरेका थिए । असोज २६ देखि २८ सम्म संचालित उक्त प्रतियोगिताको समापनमा वडा अध्यक्ष वाइवाले बिजेता खेलाडीलाई पुरस्कार वितरण गरेको आयोजक सस्थाका सचिव मिनु मोक्तानले जानकारी दिईन ।
भुमे जागारण युवा क्लबका अध्यक्ष दुर्गा लाल तामाङको सभापतित्वमा भएको समापन कार्यक्रममा विषेश अतिथिका रुपमा राम बहादुर तामाङ रहेका थिए भने सचीव मिनु मोक्तानले कार्यक्रम सञ्चालन गरेकी थिईन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.