९ दिन ढिलो गरी बाहिरियो मनसुन

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । गत शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू(भागबाट बाहिरिएको यस वर्षको मनसुन आज देशको समग्र भू– भागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार सरदरमा २ अक्टोबरमा नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी बाहिरिएको हो । यस वर्षको मनसुन जुन ११ (जेठ २८) मा भित्रिएको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.