काठमाडौंबाट घान्द्रुक घुम्न गएका ७ जनाको जिप दुर्घटनामा मृत्यु

असोज २५, काठमाडौं । काठमाडौंबाट घान्द्रुक घुम्न गएका ७ जनासहित ९ जना सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ ।

कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा दुर्घटना भएको हो । ग १ ज ६९०० नम्बरको जिप सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । काठमाडौंबाट घुम्न गएका ५ पुरुष, २ महिलासहित चालक खुसीमान क्षेत्रीको निधन भएको हो । जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेकाले बाँचेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोखरा ल्याउने तयारी भइरहेको छ । मृतक आठैजनाको सनाखत हुन सकेको छैन।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.