काठमाडौं । बुटवलस्थित मोतिपुरमा भएको झडपमा परी सशस्त्र प्रहरी बलका एसपी सहित १९ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
चार जनाको ज्यान जाने गरी भएको झडपमा सशस्त्र प्रहरीतर्फ एसपीसहित १९ सशस्त्र प्रहरी घाइते भएका हुन् । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।


