जोरपाटीमा नेकपा (एकिकृत समाजवादी ) को वडा कार्यकर्ता भेला सम्पन्न

असोज २३, काठमाडौँ । काठमाडौँको जोरपाटीमा नेकपा (एकिकृत समाजवादी) को वडा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमालेबाट पार्टी फुटेपछि पहिलो पटक वडागत रुपमा सक्रिया हुँदै गोकर्णेश्वर नगर वडा ६ मा नेकपा (एकिकृत समाजवादी) को सक्रियता बढ्न थालेको हो ।

शनिवार भएको भेलामा एकिकृत समाजवादीका केन्द्रिय नेताहरु विश्वनाथ प्याकुरेल, गोपाल बराल, बागमती प्रदेश कमिटिका सदस्य उद्धव खड्का लगायतले सम्बोधन गरेका थिए । उनीहरुले काठमाडौँ क्षेत्र नं. ३ मा एकिकृत समाजवादी पार्टीको संगठन बलियो रहेको भन्दै वडा तथा क्षेत्रिय संरचनालाई छिट्टै जिम्मेवारी प्रदान गरिने बताएका छन् । पार्टीलाई अनुशासनकासाथ थप उचाईमा पु¥याउन योग्य, सक्षम र नेतृत्वदायी भूमिका निभाउन सक्ने व्यक्तिहरुलाई जिम्मेवारी दिने उनीहरुले बताए । एमालेमा जस्तो प्रचारवाजी गर्ने र जोकोहीलाई पार्टी सदस्यता दिने चलन एकिकृत समाजवादीमा नरहेको भन्दै एकिकृत समाजवादीका कार्यकर्ताहरुलाई गौरव महसुस हुन आग्रह गरे ।

एमाले नेतृत्वमा व्यक्तिवादी सोच, अहांकार रहेको आरोप लगाउँदै एकिकृत समाजवादीमा त्यस्तो प्रवित्ति नहुने र पार्टीको हित तथा साझा भावनाबाट मात्र चल्ने नेताहरुले बताए । स्थानीय नेता विमल अर्यालले कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ क्षेत्र नं. ३ मा आफ्नो संगठनलाई चलयमान राख्न सक्रियता बढाउन थालेको बताए ।

जिल्ला कमिटी सदस्य गणेश तिरुवाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य तथा गोकर्णेश्वर ६ नं. वडा इन्चार्ज चित्र बहादुर रसाईलीको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो ।  उक्त भेलामा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य बिश्वनाथ प्याकुरेल, केन्द्रीय लेखा आयोग सदस्य गोपाल बराल, बागमती प्रदेश कमिटी सदस्य उद्धव खड्का जिल्ला कमिट सदस्य एवं ३ नं. क्षेत्रीय संयोजक बिमल अर्यालले मन्तव्य राखेका थिए ।  भेलाले कमल अर्यालको अध्यक्षतामा वडा कमिटि गठन गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.