वाग्मती प्रदेशमा गाडीभाडा बढ्यो, उपत्यकामा ३५ रुपैयाँसम्म तिर्नुपर्ने

असोज २०, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो ।  काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो ।

उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा पाँच किलोमिटरसम्म १८, दस किलोमिटरसम्म २३, पन्ध्र किलोमिटरसम्म २७, बिस किलोमिटसम्म ३० र बिस किलोमिटर भन्दामाथि ३५ रुपैयाँ भाडादर कायम गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २०७८ असार २७ को मन्त्रीस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानुनी व्यवस्था गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.