घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत आंशिकमात्र खुल्ने

असोज १९, काठमाडौं । सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको ‘फुलकोर्ट’ बैठक सकिएको छ । दसैँ विदामा अदालत सञ्चालनसहितका विषयमा निर्णय गर्न बसेको बैठकले आगामी २१ गतेदेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म अदालतमा विदा दिने निर्णय गरेको छ ।

यस अवधिमा बन्दी प्रत्यक्षीकरणसहितका तत्काल सुनुवाई नहुँदा असर पर्ने मुद्दा मात्र हेर्ने निर्णय गरेको छ । त्यसका लार्गि न्यायाधीशहरूको रोस्टर मिलाउने काम पनि बैठकले गरेको सर्वोच्च स्रोतले बताएको छ । “सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको दिन असोज २१ देखि कात्तिक ३ कोजाग्रत पूर्णिमासम्म विदा हुने निर्णय भएको छ,” सर्वोच्च स्रोतले भन्यो ।

सर्वोच्चका एक अधिकारीकाअनुसार विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका तत्काल सुनुवाई नहुँदा पीडितलाई असरपुग्ने रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरूको टुङ्गो लगाइएको छ । न्यायाधीशहरूसँग छलफल गरी बार अनुसार न्यायाधीशहरूले सुनुवाई गर्नेगरी टुङ्गो लगाइएको हो । सर्वोच्चको पूर्ण बैठकमा प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा ‘भाग खोजेको भन्दै आएका समाचारका विषय छलफलको शिर्षकसमेत नबनेको ती अधिकारीको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.