टुंगियो मन्त्रालय भागबण्डा, दुई मन्त्रालय लोसपालाई पनि छुट्याइयो

असोज १९, काठमाडौं । सत्तारुढ दलहरूले मन्त्रालयको भागबण्डाको टुंगो लगाएका छन् । गठबन्धनका शीर्ष नेताको मंगलबार बसेको बैठकले मन्त्रालयको भागबण्डाको टुंगो लगाएको हो ।

शीर्ष नेताहरूबीचको सहमतिअनुसार नेकपा एकीकृत समाजवादी र जसपाले बराबरी चाररचार मन्त्रालय लिनेछन् । यस्तै, माओवादी केन्द्रले पाँच मन्त्रालय लिने समझदारी भएको छ । नेपाली कांग्रेसले ६ मन्त्रालय मात्र लिनेछ । दुई मन्त्रालय महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा ल्याउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको बताइएको छ । प्रधानमन्त्रीले आफूसँग राखेका मन्त्रालयका विषयमा खुलाइएको छैन ।

गठबन्धनका नेताहरूको आजै साँझ बस्ने बैठकमा दलहरूका तर्फबाट शीर्ष नेताले नाम दिनेछन् । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरूको शपथग्रहणको तयारी गर्ने प्रधानमन्त्री निकट नेताहरूले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.