माओवादी नेता वर्षमान पुन उपचारको लागि बैंकक प्रस्थान

असोज १३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वास्थ्य उपचारको लागि थाइल्याण्डको बैकक जानुभएको छ ।

स्वास्थ्यमा लगातार समस्या देखिएपछि थप उपचारका लागि पुन आज बिहान थाइ एयरवेजमार्फत बैंकक प्रस्थान गर्नुभएको हो । स्वास्थ्य अवस्था बिग्रिएपछि पुनलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो । केही चेकजाँचपछि उहाँको शरीरमा जण्डिसको मात्रा देखिएको छ । घरमा आराम गर्दा र औषधी खाँदा पनि सुधार नआएपछि नेपाली चिकित्सकहरुले नै थप उपचारका लागि बैंकक जान सुझाव दिएको पुनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि पनि निमोनिया भएपछि उहाँलाई थाइल्याण्ड लगेर उपचार गरिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर उहाँ स्वदेश फर्किनुभएको थियो । विगत पाँच वर्षदेखि उहाँले बैंककमा नियमित उपचार गराइरहनुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.