इजरायल पठाइने नेपाली सहायक कामदार सिफारिस (सूचीसहित)

असोज १०, काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार सिफारिस गरिएको छ ।

वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गर्दै नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार लिखित परीक्षा, अन्तरर्वार्तालगायत समेतबाट योग्य ठहरिएकाको नाम सिफारिस गरिएको जनाएको छ ।

“…नेपालस्थित इजरायली राजदूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १,६०० जना उमेदवार (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) सिफारिस गर्न माग भएअनुसार देहायबमोजिमको रोल नम्बर भएका महिला तथा पुरुष उमेदवारहरुको योग्यताक्रम कायम हुन आएकोले तपसिलबमोजिमको योग्यताक्रम सूची तयार गरी नेपालस्थित इजरायली राजदूतावासमार्फत पीआईबीए (पपुलेसन, इमिग्रेसन एन्ड बोर्डर अथोरिटी अफ इजरायल)मा सिफारिस गर्ने छनोट समितिबाट मिति २०७८/६/१० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,” विभागका महानिर्देशक दीपक काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.