१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

भदौ ३०, काठमाडौं । सरकारले दर्जन जति प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

गृह मन्त्रालयले बुधवार (आज) मन्त्रालयलगायत विभिन्न जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको हो भने ३ जनालाई मन्त्रालयमा तानिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनि अहिले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

यस्तै टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ । टेकराज निरौलालाई दोलखा, बासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ । आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, विरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ । त्यस्तै गुल्मिका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ । यस्तै पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ । कोषहरि निरौला भने मन्त्रालय तानिएका छन् । दिपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.