तत्काल भारी वर्षाको सम्भावना छैन– महाशाखा

भदौ २६, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ। मौसमविद्का अनुसार मनसुनको न्यून चापिय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर छ। जसकारण ठूलो वर्षाको सम्भावना छैन।

तर, हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। काठमाडौैं उपत्यकामा शनिबार बिहान घाम लागेको छ। दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ। सोमबार राति भने प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.